ताजा सामाग्री

चिना बनाउने हो कि?

चिना बनाउने हो कि? को फोटो
No Comments , मंगलबार, कात्तिक २८, २०७४ , by Krishna Pd. Koirala

जन्मपत्रिका 

कुण्डली मानवजीवनको सूक्ष्मद्रष्टा दर्पण हो । व्यवस्थित तरिकाले कुण्डलीको विवेचना र विश्लेषण गरिएको पत्रिकालाई नेपाली भाषामा सूतिका, टिपन, चिना, जन्मपत्रिका आदि भन्ने चलन छ । योग्य ज्योतिषीका हातबाट विशुद्ध गणितीय गणनाका आधारमा चिना बनाएर राख्दा व्यक्तिको जीवन सुव्यवस्थित हुने आमधारणा र विश्वास छ । त्यसैले व्यक्तिहरू किसिम–किसिमका गणितीय प्रयोग भएका चिना, जन्मकुण्डली आदि निर्माण गरेर राख्ने गर्दछन् ।

हुन त हिजोआज बेबसाइट र सफ्टबेयरमा जन्ममिति, जन्मसमय र जन्मस्थान राख्नासाथ कुण्डली आफैंले निर्माण गर्न सकिन्छ, तर तिनमा आफ्नो संस्कारबमोजिमका आधारभूत तथ्य र हिसाबको कमी देखिएको पाइन्छ । त्यस्तै बेभसाइट र सफ्टबेयरमा सूत्रस्थापना गर्न गरिएको त्रुटिका कारण फरकफरक आँकडा आएका उदाहरण पनि ज्योतिषीहरूका माझमा चर्चाको विषय बनेको पाइन्छ । नेपालमा नै निर्माण गरिएका कतिपय सफ्टबेयरमा समेत एकरूपता देखिएको पाइदैंन । त्यसैले तपाईंहरूले आफ्नो वा आफ्ना परिवारका कुनै सदस्यको जन्मपत्रिका बनाउनु भएको छैन भने हामीकहाँ सम्पर्क राखी सूर्यसिद्धान्तमा आधारित विशुद्ध  जन्मपत्रिका निर्माण गराउन सक्नुहुन्छ । जन्मपत्रिका निर्माण गर्न यहाँले तलको विवरण उपलब्ध गराई पठाइदिनु भएमा हामी कुरियर, इमेल आदिका माध्यमबाट संसारको जुनसुकै कुनामा जन्मपत्रिका उपलब्ध गराउने छौं। विश्वका जुनसुकै कुनामा जन्मिएका भए पनि जातकको कुण्डली निर्माण गरी इच्छाएको ठाउँमा विश्वस्त माध्यमद्वारा संसारको हरेक कुनामा डेलिभरी गर्ने व्यवस्था छ ।

हामीले बनाएको जन्मपत्रिकामा प्रशस्ति खण्डका अतिरिक्त लग्नादि द्वादश भावको गणितीय चक्र, धूमादि अप्रकाश ग्रहको स्थिति, राश्यादि मान, गति, मैत्रीस्थिति, चलितचक्र, नराकारचक्र, कारकादि सहित समस्त ग्रहको गणितीय हिसाब, विंशोत्तरी, त्रिभागी र योगिनीको चक्र (नेपाली सम्बत् वा ईश्वीसम्बत्मा), होरा, द्रेष्काण, सप्तमांशक, नवमांशकादि इच्छानुकूल षड्वर्गीय वा षोडशवर्गीय कुण्डली लेख्ने र नेपाली भाषामा ग्रहका मुख्यमुख्य प्रभाव र नेपाली मिति वा अंग्रेजी तारिकमा महादशा, अन्तर आदिको विवरण तपाईंले सरल ढंगले बुझ्ने गरी राखिएको हुन्छ। चिना बनाएर कुनै विशिष्ट जिज्ञासा जान्न चाहँदा हामी ती प्रश्नहरूको समुचित उत्तर समेत लेखेर र कुनै समस्या भए सरल र प्राकृतिक उपायहरू सुझाउने गर्दछौं । त्यसैले विशुद्ध चिना निर्माण गर्न लागि आजै सम्पर्क गर्नुहोस् ।

उपलब्ध चिना/जन्मपत्रिका र फलादेश

१) सामान्य कुण्डली (शुल्क : NRs. 700/-)

(लग्न र नवांशक कुण्डली, विंशोत्तरी, त्रिभागी, योगिनी दशाचक्र, ग्रहस्पष्टा तालिकासमेतको)

२) फाइलिंग कुण्डली (शुल्क : NRs. 2100/-)

(सामान्य कुण्डलीमा रहेका सबै विवरणका  साथमा नेपाली भाषामा फलादेश समेत राखी फाइलिंग गरिएको)

३) सप्तवर्गीय कुण्डली बेरुवा  (शुल्क : NRs. 1500/-)

(सामान्य कुण्डलीमा रहेका सबै विवरणका साथमा होरा, द्रेष्काण, सप्तमांशक, द्वादशांशक, त्रिंशांशक र चलितचक्र भएको कुण्डली नेपाली कागजमा)

४) सप्तवर्गीय कुण्डली पुस्तकाकार (४० पेजको पुस्तिकामा ) (शुल्क : NRs. 2500/-)

(कुण्डली ३ का सबै विवरणका साथै सबै ग्रह र योगिनीको अन्तर्दशा चक्र र नेपाली भाषामा फलादेश आकर्षक ढंगले पुस्तकाकार रुपमा राखिएको)

५) बृहत् सप्तवर्गीय कुण्डली पुस्तकाकार (४४ पेजको पुस्तिकामा ) (शुल्क : NRs. 3000/-)

(कुण्डली ४  का सबै विवरणका साथमा कारकांशक, अष्टकवर्ग र समुदायाष्टक समेत राखिएको)

६) षोडशवर्गीय कुण्डली पुस्तकाकार (५२ पेजको पुस्तिकामा ) (शुल्क : NRs. 3600/-)

(कुण्डली ५ का सबै विवरणका साथमा कारकांशक, चतुर्थांशक, दशमांशक, षोडशांशक, विंशाशक, सिद्धांशक, नक्षत्रांशक, खवेदांशक, अक्षवेदांशक, षष्ट्यंशक कुण्डली समेत समावेश भएको)

७) बृहत्षोडशवर्गीय कुण्डली पुस्तकाकार (६० पेजको पुस्तिकामा ) (शुल्क : NRs. 4100/-)

(कुण्डली ६ मा भएका सबै विवरणका साथमा अष्टकवर्ग र समुदायाष्टक वर्ग समेत राखिएको)

द्रष्टव्य : विदेशमा जन्मपत्रिका पठाउँदा लाग्ने हुलाक वा कुरियर खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ। एउटै अर्डरमा चार वा सोभन्दा बढी पुस्तकाकार जन्मपत्रिका बनाउँदा २५ प्रतिशतसम्म डिस्काउण्ट गरिने छ। 

चिना बनाउन अर्डर पठाउँदा तल लेखिएका विवरणहरू पठाउन नबिर्सनु होला :-

१.     जातक(चिना बनाउन लागिएको व्यक्ति) को बोलाउने नाम

२.     मातापिताको नाम, थर, गोत्र

३.      स्थायी ठेगाना

४.     जातकको जन्ममिति (नेपाली र अंग्रेजी जुनसुकै मितिमा, तर स्पष्ट बुझिने गरी)

५.     जातकको जन्मसमय (जुनदेशमा जन्मिएको भए तापनि उक्त देशको राष्ट्रिय समय)

६.     जातकको जन्मस्थान (नेपालमा जन्म भए जिल्ला, गाविस वा नपा विदेशमा भए स्थान र त्यहाँको अक्षांश,  देशान्तर र ग्रिनबिच समयको भिन्नता)

७.     शुल्कबापतको रकम तपाईंको इमेल प्राप्त भएपछि प्रदान गरिने बैंकखातामा पठाउनु पर्नेछ।

८.  अर्डर प्राप्त भएपछि जन्मपत्रिका तैयार भएको सूचना दिइने छ, त्यसपछि प्रदान गरिने बैंक एकाउन्टमा रकम जम्मा भएको  पुष्टि भएपछि वा रसिदको scan इमेज प्राप्त हुनासाथ जन्मपत्रिकाको electronic कपी इमेलमार्फत तथा हार्डकपी  हुलाक वा कुरियरमार्फत पठाइने छ। त्यसैले इमेल पठाउने र हुलाक वा कुरियरबाट जन्मपत्रिका पठाउने ठेगाना स्पष्टसँग लेख्नुपर्नेछ।



चिना निर्माण नगराई आफ्नो जन्ममिति समय र स्थानको विवरण पठाएर आफ्नो जीवनको समग्र फलादेश र तपाईंले जान्न चाहनु भएका जीवनका विविध पाटाका जिज्ञासा शान्त तुल्याउन चाहनुहुन्छ भने छुट्टै रु १५००/- पठाएर आग्रह गर्न सक्नुहुन्छ।

फलादेशका लागि अर्डर पठाउने तलको फेसबुक लिङ्कमा गई मेसेजबक्समा माथि बताइएको विवरण उल्लेख गरी अनुरोध गर्न सक्नुहुन्छ :-

www.facebook.com/jyotisasathi

जन्मपत्रिका बनाउन अर्डर पठाउने इमेल आइडी : jkpkoirala@gmail.com