ताजा सामाग्री

मेरो बारेमा

मेरो बारेमा को फोटो
No Comments , मंगलबार, कात्तिक २८, २०७४ , by Krishna Pd. Koirala

म कृष्णप्रसाद कोइराला । नेपाल संस्कृत विश्वविद्यालयमा विगत दुई दशकदेखि कार्यरत सहप्राध्यापक । हजुरबा पं. माधवप्रसाद पाध्ये (हिंडुवा पण्डित) को काखमा हुर्कने क्रममा मस्तिष्कमा उब्जिएको ज्योतिषको बिरुवालाई आफ्नो अध्ययन र जीवनभोगाइका क्रममा अनुभूति र परिश्रमका माध्यमले मलजल गर्दै अहिलेको परिवेशमा आइपुगेको छु । ज्योतिष प्रकृतिको विज्ञान हो, यसले मनुष्यको भविष्य निर्धारण गर्दैन, प्रकृति निर्धारण गर्दछ । त्यसैले ज्योतिषविज्ञानका माध्यमले आफ्नो प्रकृतिको पहिचान गरी देश, काल र परिवेशअनुकूल जीवनलाई ढाली मनुष्यले आफ्नो भविष्य र गन्तव्य आफैं निर्माण गर्ने हो । अनिमात्र ज्योतिर्विद्याको सार्थकता हुन्छ । यो मेरा स्वर्गीय पितामहको भनाइ हो । पितामहका तिनै विचार र उपदेशलाई अनुसरण गर्न निरन्तर प्रयासरत रहेको छु । उक्त क्रममा मेरा केही सूचना र सन्देशको प्रकाशनका लागि यस साइटको उपयोग गर्नेछु ।

 

नाम कृष्णप्रसाद कोइराला
स्थायी बसोबास इटहरी – ७, सुविधानगर, सुनसरी, नेपाल
पिता स्व. टङ्कनाथ कोइराला (१९९० – २०३२)
माता स्व. खड्गकुमारी निरौला (कोइराला) (१९९६-२०२७)
जन्म २०२५ श्रावण २५  (9th August 1968)

(कुइभिर – ७, गहते, जि. ओखलढुङ्गा)

नागरिकता नेपाली
मातृभाषा नेपाली
शिक्षा :
प्राथमिक तह नेपाल राष्ट्रिय हरि प्राथमिक विद्यालय, चाँदबेला, सुनसरी, नेपाल (२०३१ – २०३५)
निम्नमाध्यमिक तह मजदुरकिसान निम्न माध्यमिक विद्यालय, मधेली, सुनसरी (२०३५ – २०३७)

शारदा माध्यमिक विद्यालय, बलाहा, सुनसरी                   (२०३७- २०३९)

माध्यमिक तह रङ्गलक्ष्मी संस्कृत विद्यालय, वृन्दावन, मथुरा, उत्तरप्रदेश, भारत(२०३९ – २०४२)
विश्वविद्यालय तह पिण्डेश्वर क्याम्पस, धरान, सुनसरी नेपाल (२०४२-२०४६)

विश्वविद्यालय विद्यापीठ, बेलझुण्डी, दाङ, नेपाल(२०४६-२०४९)

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौं (२०४९- २०५१)

सुकुना क्याम्पस, इन्द्रपुर, मोरङ्ग (२०५२ -२०५३)

जनता कानुन क्याम्पस, विराटनगर(२०५४ -२०५७)

संलग्नता शिक्षक, सिद्धेश्वर माध्यमिक विद्यालय, बाम्तीभण्डार, रामेछाप, नेपाल (२०४६)

शिक्षक, शारदा संस्कृत माध्यमिक विद्यालय, बाबियाखर्क, रामेछाप, नेपाल (२०४७)

सहायक-प्राध्यापक (२०५५।०५।१९), उप प्राध्यापक (२०५८।०६।०१) एवं प्राचार्य (२०५९।०८।१९-२०६५।१२।२६), नेपाल संस्कृत विश्वविद्यालय, विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ, सल्यान, सोलुखुम्बु, नेपाल

उप-प्राध्यापक,  नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर संस्कृत विद्यापीठ, धरान, सुनसरी,नेपाल(२०६७।०४।०१)

नमस्ते एफ्.एम्. इटहरी, सुनसरी, नेपाल(www.namastefm.org.np) (२०६७)

लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र (२०६८)

ज्योतिषसाथी (२०७०)

सह-प्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान, सुनसरी, नेपाल (२०७३।०९।२० देखि)

सम्पर्क फोन नं. +977 9852059764

+977 9814348111

इमेल jkpkoirala@gmail.com

मलाई फेसबुकमा फलो गर्न सक्नुहुन्छ ।