ताजा सामाग्री

वैकुण्ठ चतुर्दशी

वैकुण्ठ चतुर्दशी को फोटो
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

कार्तिक महिनाको शुक्लपक्षको चतुर्दशी तिथिलार्इ वैकुण्ठ चतुर्दशी भन्ने गरिन्छ । यस दिन भगवान् शिव र विष्णुको संयुक्त रूपमा भक्तिअाराधना गर्दै व्रत/उपवास सम्पादन गर्ने गरिन्छ ।

वैकुण्ठ चतुर्दशीको पूजा

वैकुण्ठ चतुर्दशीका दिन भगवान् नारायण र भगवान् भोलेशङ्करको विधिवत पूजा गरिन्छ । व्रतालुले प्रातः ब्रह्ममुहूर्तमा उठेर नित्यकर्मबाट निवृत्त भर्इ शुद्ध वस्त्र धारण गरी पूजास्थलमा पवित्र अासनमा बसी दीप, कलश र गणेशको पूजनोपरान्त भगवान् विष्णु र भगवान् शिवको प्रतिमा प्रतिष्ठा गरी पाद्य, अर्घ्य, चन्दन, अक्षता, पुष्प, तुलसीपत्र, बेलपत्र, धूप, दीप, नैवेद्यादि षोडशोपचार पद्धतिले पूजा सम्पन्न गरी अारती र प्रदक्षिणादि गरिदिनु पर्छ । पूजा गर्दा सम्भव भएसम्म कमलको फूल प्रयोग गर्नुपर्छ । त्यसपछि गीता, भागवत, श्रीसूक्त, रुद्री अादि पाठ र इष्टदेवताको मन्त्रजाप गर्नुपर्छ । यसरी भक्तिअाराधना, मन्त्रजाप, पाठ र कथाश्रवण गर्नाले भक्तका इहलाैकिक मनोरथ पूर्ण हुनुका साथै मरणोपरान्त वैकुण्ठलोक प्राप्त हुने विश्वास गरिन्छ ।

वैकुण्ठ चतुर्दशीको पौराणिक महत्व (Methodological Importance of Baikunth Chaturdashi)

पद्मपुराणको एउटा प्रसङ्गमा उल्लेख भएअनुसार एक पटक देवर्षि नारदले सामान्य नरनारीले सरल भक्तिका माध्यमले सहजै मुक्ति प्राप्त गर्ने कुन उपाय होला भनी भगवान् विष्णुसित प्रश्न गरेका थिए । नारदको जिज्ञासालार्इ शान्त तुल्याउन भगवान् विष्णुले भन्नुभयो –  हे नारद ! कार्तिक शुक्लपक्षको चतुर्दशीका दिन वैकुण्ठको ढोका खुल्ला हुन्छ । त्यसैले त्यस दिन जेजति भक्तजनले व्रत सम्पादन गरी श्रद्धाभक्तिपूर्वक पूजाअाराधना गर्दछन् तिनले सहजताका साथमा वैकुण्ठलोक प्राप्त गर्दछन् ।

वैकुण्ठ चतुर्दशीको वैशिष्ट्य (Importance of Baikunth Chaturdashi)

वैकुण्ठ चतुर्दशी व्रतको वैशिष्ट्य के हो भने यस दिन स्नानादि नित्यकर्मबाट निवृत्त भर्इ एक हजार कमलका फूल अर्पण गरी भगवान् विष्णुको पूजा गरी जसले शिवको पूजा गर्दछन्, ती भवबन्धनबाट मुक्त भर्इ वैकुण्ठ धाम प्राप्त गर्दछन् । त्यसैले सम्भव भएसम्म यस दिन कमलको पुष्पले भगवान् विष्णु र शिवको पूजाअाजा गरेमा भगवानले अानन्दको अनुभूति गर्नुहुन्छ र भक्तजनले शुभफल प्राप्त गर्दछन् । वैकुण्ठ चतुर्दशीको सन्ध्याकालमा नदी, सरोवर, तलाउ, पधेंरो वा धारामा चाैधवटा लोकको प्रतीकका रूपमा १४ वटा दियो पनि बालेर पूजा गर्ने गरिन्छ ।

कार्तिक शुक्ल चतुर्दशी तिथि भगवान् विष्णु र शिवजीको ऐक्यबद्धताको प्रतीक पनि हो । पाैराणिक मान्यताअनुसार यस दिन भगवान् विष्णुले भारतको वाराणसी (काशी) को मणिकर्णिका घाटमा भगवान् शिवको अाराधना गर्नुभएको थियो । अाषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा गएर सुत्नु भएका विष्णुले कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन जागा भर्इ वैकुण्ठमा गर्इ पुनः सृष्टि सञ्चालनको कार्यभार जिम्मा लिनुअघि उक्त दिन भगवान् शिवको अाराधना गर्नुभएको हो । भगवान् विष्णुको अल्पनिद्राको समयमा सृष्टिसञ्चालनको अभिभारा भगवान् शिवले लिनु हुने विश्वास गरिन्छ । त्यसैले भगवान् शिवले कार्यवाहक भर्इ जिम्मा लिएको अभिभारा पुनः भगवान् विष्णुलार्इ सुम्पिएको दिन पनि हो, वैकुण्ठ चतुर्दशी ।


यस क्रममा भगवान् विष्णुले एक हजार स्वर्णपुष्प (सुनको कमलको फूल) चढार्इ शिवलार्इ प्रसन्न बनाउने सङ्कल्प गर्नुहुन्छ । शिवले विष्णुको परीक्षा लिने विचारले चढाउन ठिक्क पारेका कमलका फूलमध्ये एउटा फूल लुकार्इ दिनुहुन्छ । त्यसपछि एउटा पुष्पको सट्टामा अाफ्नै एउटा अाँखा झिकेर शिवलार्इ अर्पण गर्न खोज्नुहुन्छ र शिव प्रसन्न भएर भगवानसामु उपस्थित भर्इ भगवानको शयनकालमा जिम्मा लिएको सृष्टिसञ्चालनको अभिभारा र सुदर्शन चक्र विष्णुलार्इ हस्तान्तरण गर्नुहुन्छ । जिम्मेबारी प्राप्त गरेपछि भगवान् विष्णु पुनः वैकुण्ठलोकतर्फ प्रस्थान गर्नुहुन्छ । त्यसैले यस दिन वैकुण्ठको ढोका खुल्ला रहन्छ भन्ने मान्यता विकसित भएको हो । यो दिन विष्णु र शिवको एकीभवनको दिन हो । भक्तजन दुबै देवताको एकीकृत स्वरूप ‘हरिहर’ को पूजासमेत यसै दिन गर्ने गर्दछन् । शिवलार्इ कमल पुष्पको अभावमा अाँखा नै अर्पण गर्ने खोजेकाले विष्णुको नाम ‘कमलनयन’ र ‘पुण्डरीकाक्ष’ रहन गएको हो ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!