ताजा सामाग्री

दाम्पत्यसुखबृद्धि गराउने मङ्गला गौरी स्तोत्र

दाम्पत्यसुखबृद्धि गराउने मङ्गला गौरी स्तोत्र को फोटो
No Comments , मंगलबार, मंसिर २६, २०७४ , by Krishna Pd. Koirala

सामान्यतया प्रत्येक वर्षको श्रावण महिनाका प्रत्येक मङ्गलबारका दिन मङ्गला गौरीको व्रत लिने विधान छ । तर महागौरीको पूजाआजा गरिने दिन अर्थात् बडादसैं वा चैते दशैंको अष्टमी तिथि (महाष्टमी वा चैत्राष्टमीका दिन पनि मङ्गला गाैरीको भक्ति र अाराधना गर्ने प्रचलन पनि देखिन्छ । त्यसैले उक्त दिन विधिवत् व्रत लिर्इ मङ्गला गौरीको उपासना गर्ने तथा त्यस दिनबाट थालनी गरी आजीवन वा कम्तीमा एक वर्ष कुनै पुरुष वा महिलाले श्रद्धाभक्तिपूर्वक दैनिक रूपमा पाठ गरेमा पतिपत्नीका बीचको द्वन्द्व र टकरावको अन्त्य हुनुका साथै अाजीवन पूर्ण दाम्पत्यसुख भोग गर्दै सांसारिक जीवनका यावत सुखसुविधा भोग गरी अन्त्यमा कैलाशलोक प्राप्त गर्ने विश्वास गरिन्छ । त्यसैले तल लेखिएको मङ्गला गौरीको स्तोत्रलार्इ महाष्टमीको महागौरीको पूजन क्रमबाट थालनी गरी प्रत्येक दिनको प्रातःकालमा नित्यकर्मबाट निवृत्त भर्इ एक वर्षसम्म उक्त क्रम जारी राखी मङ्गल ग्रह, हनुमान् र गणेशजीको विशेष पूजाआजाका साथमा अर्को वर्षको महागौरीपूजनकै दिन पाठको समापन गरी हवन गरिदिनु वाञ्छनीय मानिन्छ । कसैको जन्मकुण्डलीमा सातौं भाव, शुक्र ग्रह, चन्द्रमामध्ये कुनै वा सबै पक्ष दूषित भर्इ वा माङ्गलिक योगका कारण म्पत्यसुखको अभाव रहेको अवस्था छ भने यस स्तोत्रका माध्यमले महागौरी भगवती (मङ्गला गौरी)को उपासना गर्दा प्रशस्त लाभ प्राप्त हुने बताइन्छ ।

ॐ रक्ष-रक्ष जगन्माते देवि मङ्गलचण्डिके । हारिके विपदाराशिः हर्षमङ्गलकारिके ॥

हर्षमङ्गल दक्षे च हर्षमङ्गलदायिके । शुभे मङ्गलदक्षे च शुभे मङ्गलचण्डिके ॥

मङ्गले मङ्गलार्हे च सर्वमङ्गलमङ्गले । सतां मङगलदे देवि सर्वेषां मङ्गलालये ॥

पूज्ये मङ्गलवारे च मङ्गलाभिष्टदेवते । पूज्ये मङ्गलभूपस्य मनुवंशस्य संततम् ॥

मङ्गलाधिष्ठिते देवि मङ्गलानाञ्च मङ्गले। संसार मङ्गलाधारे पारे च सर्वकर्मसु ॥

कुङ्कुमागुरुलिप्ताङ्गि सर्वाभरणभूषिते। नीलकण्ठप्रियागौरि वन्देहं मङ्गलप्रदाम् ॥

वाष्टम्यां भौमदिवसे यः श्रृणोति समाहितः । आयुरारोग्यसौभाग्ये लभते तत्प्रसादता ॥

सन्मङ्गलं भवेत्तस्य नभवेत्तदमङ्गलम् । बर्द्धते पुत्रपौत्रांश्च माङ्गल्यं च दिने दिने ॥

माम् रक्ष रक्ष रक्ष ॐ मङ्गलमङ्गले ॥ इति मंगलागौरी स्तोत्रं सम्पूर्णम्॥

सम्बन्धित शीर्षकहरू:
केहि पनि भेटिएन!

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!