ताजा सामाग्री

जीवनको मोड परिवर्तन गराउने महाव्रत : शिवरात्री

जीवनको मोड परिवर्तन गराउने महाव्रत : शिवरात्री को फोटो
No Comments , मंगलबार, फाल्गुन १, २०७४ , by Krishna Pd. Koirala

महा शिवरात्रीका दिन शिवभक्तहरू शिव मन्दिरमा गएर शिवलिङ्गमा बेलपत्रका साथमा विभिन्न पूजासामाग्री चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरणसमेत गर्ने गर्दछन् । यसै दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रीको परम पर्व परमपिता भगवान् स्वयं भोलेनाथले सृष्टिचक्रमा अवतार लिएको प्रसङ्ग स्मरण गरी उत्सव मनाउने महापर्व पनि हो । यहाँ रात्री शब्दले अज्ञान तथा अन्धकारबाट हुने नैतिक पतनको अर्थलाई द्योतन गर्छ । परमात्मा त्यस्तो चेतन तत्त्व र ज्ञानको सागर हो, जसले मानव मात्रलाई सत्य र दिव्य ज्ञानद्वारा आलोकित गरी अन्धकारबाट प्रकाश तर्फ अर्थात् असत्यबाट सत्यतर्फ लैजान्छ । महा शिवरात्रीको व्रत हामी सबैका निमित्त हो । भोलेभण्डारी आफ्ना सबै भक्तजनका लागि अद्भूत मानिन्छन् । उनको महिमाको वर्णन र गुणगान जति गरे पनि कम हुन्छ । उनलाई आशुतोष भन्ने गरिन्छ । आशुतोषको अर्थ हो – सबैभन्दा छिट्टो प्रसन्न हुने, शिव अर्थात् कल्याणकारी, शिव अर्थात् बाबा भोलेनाथ, शिव अर्थात् शिवशङ्कर, शिवशम्भु, शिवजी, नीलकण्ठ, रूद्र आदि । सनातन हिन्दू धर्मअन्तर्गत मान्ने गरिएका देवीदेवताहरूमध्ये भगवान् शिवशङ्कर सर्वाधिक लोकप्रिय देवता हुन्, उनी देवताहरूका पनि देवता अर्थात् महादेव हुन्, उनी मनुष्य, देवता, यक्ष, गन्धर्व आदिका मात्र होइन, भूत, प्रेत, डाकिनी, शाकिनी, प्रमथ गण र असुर कुलका समेत आराध्य देवता पनि हुन् । अहिले पनि संसारभरि छरिएका समस्त सनातन धर्मावलम्बीहरूले भगवान् शिवको पूजा, भक्ति र आराधना गर्ने गर्दछन् । तिनै भगवान् शिवको उत्पत्ति, विवाह र जीवहरूको कल्याणका उद्देश्यले कालकूट विषपान गरेको दिन महा शिवरात्री । तलको भिडयोमा शिवरात्रीको महत्ता र वैशिष्ट्यको चर्चा गर्ने प्रयास गरिएको छ, हेरेर पक्का पनि तपार्इंले लाभ लिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल प्रकासन गरिने छैन! सबै फाँट अनिबार्य छ!