ताजा सामाग्री

चाडपर्व

अाज गुरु पूर्णिमा_img
No Comments , शुक्रबार, साउन ११, २०७५ , by Krishna Pd. Koirala

असार महिनाको शुक्लपक्षको पूर्णिमा तिथिलार्इ गुरुपूर्णिमाका रूपमा मनाइन्छ । अक्षर चिनाउने, औपचारिक वा अनौपचारिक शिक्षादीक्षा प्रदान गर्ने, मन्त्र सुनाउने, मार्गनिर्देशन गर्ने सबैलाई गुरु/गुरुआमाका रूपमा श्रद्धापूर्वक फल, फूल, अन्न र वस्त्र उपहारका रूपमा अर्पण गरेर सम्मान गर्ने चलन छ । महाभारतका श्रष्टा र प्रमुख नायक वेदव्यासलाई महागुरु भनिन्छ । सनात... पुरा पढ्नुहोस...

भूमिरज पर्व र कामाख्या भगवती_img
No Comments , शुक्रबार, असार ८, २०७५ , by Krishna Pd. Koirala

कामाक्षी देवी (कामरूप कामाख्या)को विश्व प्रसिद्ध अम्बुवाची मेला भारतको असम प्रदेशमा आराध्या देवी आदिशक्ति भगवती कामाख्याको शक्तिपीठ छ। के मान्यता छ भने योगी मत्स्येन्द्रनाथले यस शक्तिपीठमा निवास गरी आराध्या देवी कामाख्याको दर्शन पाएका थिए। यस पीठको सबैभन्दा ठूलो उत्सव "अम्बुवाची" नामक व्रतोत्सव हो। एउटा जनश्रुतिअनुसार नरकासुर नामको राक्षसल... पुरा पढ्नुहोस...

दान, धर्म र पुण्यको शतप्रतिशत सञ्चय गर्न सकिने : अक्षय तृतीया_img
No Comments , बुधबार, वैशाख ५, २०७५ , by Krishna Pd. Koirala

सनातन हिन्दु धर्मका शास्त्रहरुमा वर्णन गरिए अनुसार एक वर्षमा कतिपय विशेष योगहरू सिर्जना हुने गर्दछन् ।  ती मध्ये एउटा महायोगको नाम हो - अक्षय तृतीया (Akshaya Trirtiya) । यो महायोग वर्षमा केवल एक पटकमात्र पर्दछ । ज्योतिषशास्त्रअनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई  'विघ्... पुरा पढ्नुहोस...

आमाको मुख हेर्नु अघि एकपटक पढ्नै पर्ने – किन आमाको सम्मान गर्ने ?_img
No Comments , सोमबार, वैशाख ३, २०७५ , by Krishna Pd. Koirala

  वैशाखकृष्ण अमावस्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा–टाढाबाट आएर ढोगभेट गरी आ–आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिए... पुरा पढ्नुहोस...

गुरु प्रदोष व्रत_img
No Comments , बिहीबार, चैत १५, २०७४ , by Krishna Pd. Koirala

  बिहीवारका दिन सन्ध्याकालको प्रथम प्रहरमा त्रयोदशी तिथिको संयोग भयो भने त्यस दिन लिइने प्रदोष व्रतलाई गुरु प्रदोष व्रत भन्ने गरिन्छ । नैमिसारण्य क्षेत्रमा सौनकादिक ऋषिहरूलाई प्रदोष व्रतको महात्म्य र कथाप्रसङ्गको चर्चा गर्दै सुतजीले बताउनु भएको छ – बिहीबारका दिन परेको प्रदोष व्रतको सम्पादन गर्नाले शत्रु र प्रतिस्पर्द्धीको नाश हुन्छ । जसको... पुरा पढ्नुहोस...

आज चैते दशैं र राम नवमी_img
No Comments , आइतबार, चैत ११, २०७४ , by Krishna Pd. Koirala

आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । वर्षमा दुईवटा नवरात्र पर्दछन् । चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्म पर्ने नवरात्र वासन्ती नवरात्र हो भने असोजको शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म मनाइने शारदीय नवरात्र हो । वसन्त ऋतुमा पर्ने चैत्रको नवरात्रलाई वासन्ती नवरात्र पनि भन्ने गरिन्छ । यसमा गरिने शक्तिको उपासनाको विशेष महत्त्व छ । रावणले सीताहरण गरेपछि... पुरा पढ्नुहोस...

किन मनाइन्छ होली ?_img
No Comments , शुक्रबार, फाल्गुन १८, २०७४ , by Krishna Pd. Koirala

  सनातन हिन्दू संस्कृतिमा रङ्गीन पर्व होलीको आफ्नै धार्मिक तथा पौराणिक मान्यता छ । चलनचल्तीमा होली भनिने फागु पूर्णिमा एउटा प्राचीन उत्सव हो । उत्तरी भारतको अधिकांश क्षेत्र तथा नेपालको मधेशमा होली पर्व सबैभन्दा ठूलो र विशिष्ट चाडका रुपमा मनाउने गरिन्छ । हामी र हाम्रा यावत् चाडपर्व र उत्सव कृषि जीवनमा आधारित छ । समयचक्रमा ऋतुपरिवर्तनका साथमा ह... पुरा पढ्नुहोस...

पारिवारिक सुखसम्मृद्धिका निमित्त गोविन्द द्वादशी_img
No Comments , मंगलबार, फाल्गुन १५, २०७४ , by Krishna Pd. Koirala

आज गोविन्द द्वादशी हो । भगवान् गोविन्दप्रति समर्पित छ, यो दिन । भगवान् गोविन्दको कृपा प्राप्त गर्नका निमित्त आजका दिन खासगरी वैष्णवजनहरूले व्रत लिने गर्दछन् । जुन व्रतले सबै किसिमका सुखसम्मृद्धि र वैभवलाई प्रदान गर्दछ र कलियुगका समस्त पापहरूलाई शमन गर्दछ, त्यो पवित्रतम व्रत गोविन्द द्वादशी हो । आजका दिन ब्राह्मणहरूलाई दान, पितृहरूलाई तर्पण, हवन, यज... पुरा पढ्नुहोस...

व्रतकथा : आमलकी एकादशी_img
No Comments , सोमबार, फाल्गुन १४, २०७४ , by Krishna Pd. Koirala

फाल्गुन महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भन्ने गरिन्छ । यस एकादशीको व्रतका दिन अमलाको बृक्षको पूजाआजा गर्ने विधिविधान छ । यस एकादशीमा यावत् मनुष्यका जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापराशिलाई नाश गर्ने सामर्थ्य रहेको कुरा पुराणादिमा वर्णित छ । हजारवटा गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल आमलकी एकादशीको  व्रत लिनाले मनुष्यल... पुरा पढ्नुहोस...

मुद्दामामिला र प्रतिस्पर्द्धामा विजय प्राप्त गर्न विजया एकादशीको व्रत_img
No Comments , आइतबार, माघ २८, २०७४ , by Krishna Pd. Koirala

फाल्गुन महिनाको कृष्णपक्षमा पर्ने एकादशीको नाम विजया एकादशी हो । यस एकादशीको व्रतकथा तथा महात्म्यको विवरण पद्मपुराणलगायत अन्य पुराणहरूमा पनि उल्लेख गरिएको छ । पद्मपुराणको एउटा प्रसङ्गमा धर्मराज युधिष्ठिरले भगवान् श्रीकृष्णसित यस एकादशीको व्रतविधि र महात्म्यका बारेमा बताउन अनुरोध गरेपछि बालमुकुन्द भगवान् श्रीकृष्ण भन्नुहुन्छ - फाल्गुन महिनाको कृष्णप... पुरा पढ्नुहोस...