ताजा सामाग्री

लोक संस्कृति

बटसावित्री व्रत_img
No Comments , मंगलबार, जेठ १, २०७५ , by Krishna Pd. Koirala

मिथिलाञ्चलका नारीले बट साबित्री व्रतका दिन बिहानैदेखि आ-आफ्ना पतिको दीर्घायुका लागि धार्मिक विधिपूर्वक वटसावित्री व्रत अर्थात बरसाइत पर्व मनाउने गर्दछन । प्राचीनकालमा  सावित्रीले आफ्ना पति सत्यवान्लाई यमराजको  हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि यो पर्व सोही समयदेखि सुरु भएको धार्मिक विश्वास रही आएको छ । जेठ अमावस्याको तिथिमा प्रत्येक वर्ष... पुरा पढ्नुहोस...

सिरुवा पर्व अर्थात् जुडशीतल (थारुहरूको नयाँ वर्ष)_img
No Comments , शनिबार, वैशाख १, २०७५ , by Krishna Pd. Koirala

सिरुवा पर्व पर्व नयाँ वर्षको खुशियालीमा मनाइन्छ । यो थारूहरूकै मात्र नभई हिन्दू धर्माम्वलम्बीकै ठूलो पर्व हो ।  शिरुवा पर्वको शाब्दिक अर्थ-शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व हुन्छ । यो वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पावैन (Shiruwa Pawain) अर्थात् पर्व भनिएको हो । थारू समाजमा "फगुवा उसारे आ शिरुवा पसारे" भन्ने भनाइ (उ... पुरा पढ्नुहोस...

किन मनाइन्छ होली ?_img
No Comments , शुक्रबार, फाल्गुन १८, २०७४ , by Krishna Pd. Koirala

  सनातन हिन्दू संस्कृतिमा रङ्गीन पर्व होलीको आफ्नै धार्मिक तथा पौराणिक मान्यता छ । चलनचल्तीमा होली भनिने फागु पूर्णिमा एउटा प्राचीन उत्सव हो । उत्तरी भारतको अधिकांश क्षेत्र तथा नेपालको मधेशमा होली पर्व सबैभन्दा ठूलो र विशिष्ट चाडका रुपमा मनाउने गरिन्छ । हामी र हाम्रा यावत् चाडपर्व र उत्सव कृषि जीवनमा आधारित छ । समयचक्रमा ऋतुपरिवर्तनका साथमा ह... पुरा पढ्नुहोस...

आज सगरमाथामाथि विजय प्राप्त गर्ने शेर्पाहरूको नयाँवर्ष : ग्याल्पो ल्होसार_img
No Comments , शुक्रबार, फाल्गुन ४, २०७४ , by Krishna Pd. Koirala

वार्षिक पञ्चाङ्ग निर्धारण गर्ने र चाडबाड मनाउने क्रममा संसारभरि सूर्य र चान्द्र पद्धतिको अनुसरण गर्ने चलन छ र धेरैजसो चान्द्र पद्धतिमा आधारित पञ्चाङ्गका आधारमा विभिन्न चाडबाड र तिथिपर्व मनाउने समुदायको बाहुल्य देखिन्छ । यसै आधारमा संसारभरिका बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षको स्वागतमा ल्होसार पर्व मनाउने गर्दछन् ।  ल्होसार तिब्बती ज्योतिष शास्त्र र... पुरा पढ्नुहोस...

भ्यालेन्टाइन डे : मनपरेको मान्छेलाई के गिफ्ट दिने ? (भिडियो सहित)_img
No Comments , बुधबार, फाल्गुन २, २०७४ , by Krishna Pd. Koirala

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, यो सनातन संस्कृति र हिन्दूहरूको आफ्नो र मौलिक पर्व होइन, तर विगतका केही वर्ष यता यो दिन युवाहरूको विशेष पर्वका रूपमा नेपालमा पनि धुमधामका साथमा मनाउन थालिएको छ । अहिलेको युवा पुस्ताले इलेक्ट्रोनिक र साइबर पुस्ताका रूपमा आफ्नो आधुनिकतम परिचय बनाउँदै गर्दा खास गरी फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, भाइबर, स्काइपि आदि ... पुरा पढ्नुहोस...

सोनाम ल्होछार २०७४ (मञ्जुश्री नयाँ वर्ष २८५४)_img
No Comments , बिहीबार, माघ ४, २०७४ , by Krishna Pd. Koirala

विश्वका विभिन्न भागमा अवस्थित मानव समुदायले आफ्नो विशिष्ट जीवनशैली, जीवनपद्धति, धर्म, संस्कृति, रीतिस्थिति, चालचलन, रहनसहन, भेषभूषा र भाषाको विकास गरेका हुन्छन् । त्यही विशिष्टताका आधारमा उनीहरूले आ–आफ्ना मौलिक पहिचान, उत्सव र चाडपर्व मनाएर आफ्नो देश, क्षेत्र र जातिको पहिचान र परिचय प्रदान गर्दछन् । यिनै मौलिक चाडपर्वमध्ये एउटा पर्व हो - ल्होसार । ... पुरा पढ्नुहोस...

मकर सङ्क्रान्ति_img
No Comments , सोमबार, माघ १, २०७४ , by Krishna Pd. Koirala

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र... पुरा पढ्नुहोस...

नेपाल र भारतको संस्कृतिक सेतु विवाह पञ्चमी_img
No Comments , बिहीबार, मंसिर ७, २०७४ , by Krishna Pd. Koirala

प्रत्येक वर्ष मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा विवाह पञ्चमी महोत्सव मनाइन्छ। यो पर्व खासगरी प्राचीन मिथिलाको राजधानी जनकपुरमा बडो उत्साह एवं उमङ्गका साथमा मनाउने चलन छ। पहिले त्रेता युगमा मंसिर महिनाको यसै शुक्ल पक्षको पञ्चमी तिथिका दिना मर्यादा पुरुषोत्तम रामचन्द्र र जगज्जननी जानकीको शुभविवाह सम्पन्न भएको विश्वास गरिन्छ। त्यसैले प्रत्येक वर्ष यस त... पुरा पढ्नुहोस...

बाला चतुर्दशीको सामाजिकता_img
No Comments , मंगलबार, मंसिर ५, २०७४ , by Krishna Pd. Koirala

हुन त सनातन हिन्दुधर्मप्रति श्रद्धा राख्ने मानिसहरू नेपाल र भारत लगायत संसारका भिन्नभिन्न देशमा छरिएर बसेकाछन्, जाति र संस्कृतिअनुरूप तिनका संस्कार र परम्परा पनि भिन्नभिभिन्न छन्, अनि देश, काल र परिस्थितिबमोजिम तिनले भिन्नभिन्न शैली र परम्परामा विविध चाडपर्व मनाउने गर्दछन्, तर समयअनुरुप सँस्कृतिमा विभिन्नता हुन सक्छ। कुनै चाडपर्वले धार्मिक भावना व्... पुरा पढ्नुहोस...