ताजा सामाग्री

महात्म्य

योगिनी एकादशी_img
No Comments , सोमबार, असार २५, २०७५ , by Krishna Pd. Koirala

आषाढ़ महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई योगिनी एकादशी भन्दछन् । यो एकादशीको महिमा तीनै लोकमा प्रसिद्ध छ र यस एकादशीले समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य वहन गरेको छ । यो एकादशी परेको दिन भगवान विष्णु र उनको लक्ष्मीनारायण स्वरूपको आराधना गर्नुपर्दछ । यस एकादशीको व्रत लिने श्रद्धालुले निम्न नियमहरू पालना गर्नु राम्रो हुन्छ :– ... पुरा पढ्नुहोस...

निर्जला एकादशी_img
No Comments , आइतबार, असार १०, २०७५ , by Krishna Pd. Koirala

आज तुलसीको दल राख्ने दिन । निर्जला एकादशी । निर्जला एकादशी ज्येष्ठ महिनामा शुक्ल पक्षको एकादशीका दिन पर्दछ । यसको कथाप्रसङ्ग पद्म पुराणमा उल्लेख गरिएको छ । धर्मराज युधिष्ठिर र श्रीकृष्णको संवादका बीचमा सुरु भएको यसको महात्म्य वेदव्यासले बखान गर्नुभएको हो । एकपटक युधिष्ठिरले 'हे जनार्दन ! ज्येष्ठ महिनाको शुक्लपक्षमा पर्ने एकादशीको महत्त्वका बारेम... पुरा पढ्नुहोस...

सोमप्रदोष व्रत_img
No Comments , सोमबार, जेठ २८, २०७५ , by Krishna Pd. Koirala

सोमबारका दिन त्रयोदशी तिथिको संयोग भएको दिनलाई सोमप्रदोष भनिन्छ। प्रदोषकाल साँझको समयमा हुने भएकाले यस्तो संयोग पनि साँझको समयमा भयो भने सोमप्रदोषको व्रत लिइने गरिन्छ। यस व्रतको महात्म्य दर्शाउने कथाहरू विभिन्न धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । तिनैमध्ये एउटा कथाप्रसङ्ग यहाँ उल्लेख गरिन्छ :- स्कन्दपुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा एउटी व... पुरा पढ्नुहोस...

मलमासमा पर्ने अर्को एकादशी : परमा एकादशी_img
No Comments , आइतबार, जेठ २७, २०७५ , by Krishna Pd. Koirala

अधिक मासको कृष्णपक्षमा पर्ने एकादशीका बारेमा बताउन जिज्ञासा राख्दै युधिष्ठिरले भगवान् श्रीकृष्णसँग प्रश्न गर्नुहुन्छ – भगवञ्छ्रोतुमिच्छामि व्रतानामुत्तमं व्रतम् ॥ सर्वपापहरं विष्णोः फलदं व्रतिनां च यत् ॥१॥ पुरुषोत्तममासस्य कथां ब्रूहि जनार्दन ॥ को विधिः किं फलं तस्य को देवस्तत्र पूज्यते ॥२॥ अधिमासे च संप... पुरा पढ्नुहोस...

मलमासको एकादशी ‘पद्मिनी’_img
No Comments , शुक्रबार, जेठ ११, २०७५ , by Krishna Pd. Koirala

प्रत्येक दुई वा तीन वर्षमा पुरुषोत्तम मास वा मलमास पर्ने गर्दछ। मलमासमा पर्ने दुईओटा एकादशीको अन्य एकदशीजस्तै आफ्नै छुट्टै विशेषता छ। यी एकादशीमा व्रत लिनाले समेत विशिष्ट फलप्राप्ति हुने धार्मिक मान्यता छ। तीमध्ये पहिलो एकादशी अर्थात् अधिकमासको शुक्लपक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पुरुषोत्तम महिनाको एकादशी भएकाले यसलाई पुरुषोत्तमी एकादशी पन... पुरा पढ्नुहोस...

सुस्वास्थ्य र निर्णय क्षमता बढाउन : आज रवि प्रदोष व्रत_img
No Comments , आइतबार, वैशाख ३०, २०७५ , by Krishna Pd. Koirala

आइतबारका दिन साँझको समयमा प्रदोष व्रत पर्न गएमा रवि प्रदोष योगको निर्माण हुन्छ । सूतजीले स्कन्दपुराणमा वर्णन गर्नुभए बमोजिम रवि प्रदोषको व्रत सम्पादन गर्नाले आयुवृद्धि हुनुका साथै आरोग्यप्राप्ति समेत हुन्छ । त्यसैले रोगव्याधिबाट ग्रस्त भइरहने वा दीर्घरोग हुने व्यक्तिले आफुस्वयंले वा परिवारका कुनै सदस्यले यो व्रत लिनुपर्दछ, अर्थात् घरको बृद्धसदस्यको... पुरा पढ्नुहोस...

आज अचला वा अपरा एकादशी_img
No Comments , शुक्रबार, वैशाख २८, २०७५ , by Krishna Pd. Koirala

युधिष्ठिरले भन्नुभयो - ज्येष्ठस्य कृष्णपक्षे तु किं नामैकादशी भवेत् । श्रोतुमिच्छामि माहात्म्यं तद्वदस्व जनार्दन हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् ! भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो - साधु पृष्टं त्वया राजन्लोकानां हितकाम्यया बहुपुण्यप्रदा ह्येष... पुरा पढ्नुहोस...

सुख, सम्मृद्धि, भोग र ऐश्वर्य प्रदान गर्ने व्रत – ‘शुक्र प्रदोष’ व्रतकथा र महात्म्य_img
No Comments , शुक्रबार, चैत ३०, २०७४ , by Krishna Pd. Koirala

आशुतोष भगवान् शिवले आफ्ना भक्तका प्रत्येक इच्छाआकाङ्क्षा र सुखसुविधा पूरा गर्ने गर्नुहुन्छ । त्रयोदशी शिवको अत्यन्त प्रिय तिथि हो । प्रत्येक महिनाको अमावस्या (औंसी) र पूर्णिमापछिको १३ औं दिन त्रयोदशी हो । अतः हरेक महिनाको शुक्ल र कृष्ण पक्षका दुबै त्रयोदशीका दिन शिवको उपासनाका निमित्त प्रदोष व्रत लिने गरिन्छ । प्रदोष व्रतले भिन्नभिन्न बारका आधारमा ... पुरा पढ्नुहोस...

पाप र तापबाट मुक्ति : वरुथिनी एकादशी_img
No Comments , बिहीबार, चैत २९, २०७४ , by Krishna Pd. Koirala

वैशाख कृष्ण पक्षको एकादशी तिथिका दिन पर्ने एकादशीको व्रतको नाम बरुथिनी एकादशी हो । व्रतविधि बरुथिनी एकादशीको व्रत लिने व्यक्तिले अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि अखाद्य मानिने माछामासु, लसुनप्याज, नुन, मादक पदार्थसमेत जौ, गहुँ र मुँगको दाल सेवन गर्नु हुँदैन । रात्रिकालमा भुइँमा ओछ्यान लगाई सुत्नुपर्छ । हुनसक्छ भने त्यस्तो ओछ्यान पूजा कोठा वा ... पुरा पढ्नुहोस...

प्रेमजीवन, दाम्पत्यसुख, पारिवारिक सम्मृद्धि, भोगविलास र मोक्ष प्रदान गर्ने व्रत : कामदा एकादशी_img
No Comments , मंगलबार, चैत १३, २०७४ , by Krishna Pd. Koirala

सनातन हिन्दू धर्ममा कुनै पनि एकादशीको उत्तिकै महत्त्व हुन्छ, तीमध्ये चैत्र महिनाको शुक्लपक्षमा आउने कामदा एकादशीको महत्त्व अझ धेरै छ । यस एकादशी मानव मनका प्रेम, अनुराग, वात्सल्य, इच्छा, आकाङ्क्षा, कामना आदि पूर्ण गर्ने भएकाले यसलाई कामदा एकादशी भनिएको हो । यस एकादशीको अर्को नाम फलदा एकादशी पनि हो । पद्म पुराणमा यस एकादशीको व्रतविधि र महात्म्य उल्ल... पुरा पढ्नुहोस...