ताजा सामाग्री

व्रत

निर्जला एकादशी_img
No Comments , आइतबार, असार १०, २०७५ , by Krishna Pd. Koirala

आज तुलसीको दल राख्ने दिन । निर्जला एकादशी । निर्जला एकादशी ज्येष्ठ महिनामा शुक्ल पक्षको एकादशीका दिन पर्दछ । यसको कथाप्रसङ्ग पद्म पुराणमा उल्लेख गरिएको छ । धर्मराज युधिष्ठिर र श्रीकृष्णको संवादका बीचमा सुरु भएको यसको महात्म्य वेदव्यासले बखान गर्नुभएको हो । एकपटक युधिष्ठिरले 'हे जनार्दन ! ज्येष्ठ महिनाको शुक्लपक्षमा पर्ने एकादशीको महत्त्वका बारेम... पुरा पढ्नुहोस...

आज शनि प्रदोष व्रत_img
No Comments , शनिबार, जेठ १२, २०७५ , by Krishna Pd. Koirala

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ ल... पुरा पढ्नुहोस...

सुस्वास्थ्य र निर्णय क्षमता बढाउन : आज रवि प्रदोष व्रत_img
No Comments , आइतबार, वैशाख ३०, २०७५ , by Krishna Pd. Koirala

आइतबारका दिन साँझको समयमा प्रदोष व्रत पर्न गएमा रवि प्रदोष योगको निर्माण हुन्छ । सूतजीले स्कन्दपुराणमा वर्णन गर्नुभए बमोजिम रवि प्रदोषको व्रत सम्पादन गर्नाले आयुवृद्धि हुनुका साथै आरोग्यप्राप्ति समेत हुन्छ । त्यसैले रोगव्याधिबाट ग्रस्त भइरहने वा दीर्घरोग हुने व्यक्तिले आफुस्वयंले वा परिवारका कुनै सदस्यले यो व्रत लिनुपर्दछ, अर्थात् घरको बृद्धसदस्यको... पुरा पढ्नुहोस...

पारिवारिक सुखसम्मृद्धिका निमित्त गोविन्द द्वादशी_img
No Comments , मंगलबार, फाल्गुन १५, २०७४ , by Krishna Pd. Koirala

आज गोविन्द द्वादशी हो । भगवान् गोविन्दप्रति समर्पित छ, यो दिन । भगवान् गोविन्दको कृपा प्राप्त गर्नका निमित्त आजका दिन खासगरी वैष्णवजनहरूले व्रत लिने गर्दछन् । जुन व्रतले सबै किसिमका सुखसम्मृद्धि र वैभवलाई प्रदान गर्दछ र कलियुगका समस्त पापहरूलाई शमन गर्दछ, त्यो पवित्रतम व्रत गोविन्द द्वादशी हो । आजका दिन ब्राह्मणहरूलाई दान, पितृहरूलाई तर्पण, हवन, यज... पुरा पढ्नुहोस...

व्रतकथा : आमलकी एकादशी_img
No Comments , सोमबार, फाल्गुन १४, २०७४ , by Krishna Pd. Koirala

फाल्गुन महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भन्ने गरिन्छ । यस एकादशीको व्रतका दिन अमलाको बृक्षको पूजाआजा गर्ने विधिविधान छ । यस एकादशीमा यावत् मनुष्यका जन्मजन्मान्तरदेखि सञ्चित रहेका पापराशिलाई नाश गर्ने सामर्थ्य रहेको कुरा पुराणादिमा वर्णित छ । हजारवटा गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल आमलकी एकादशीको  व्रत लिनाले मनुष्यल... पुरा पढ्नुहोस...

नेपाल र भारतको संस्कृतिक सेतु विवाह पञ्चमी_img
No Comments , बिहीबार, मंसिर ७, २०७४ , by Krishna Pd. Koirala

प्रत्येक वर्ष मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा विवाह पञ्चमी महोत्सव मनाइन्छ। यो पर्व खासगरी प्राचीन मिथिलाको राजधानी जनकपुरमा बडो उत्साह एवं उमङ्गका साथमा मनाउने चलन छ। पहिले त्रेता युगमा मंसिर महिनाको यसै शुक्ल पक्षको पञ्चमी तिथिका दिना मर्यादा पुरुषोत्तम रामचन्द्र र जगज्जननी जानकीको शुभविवाह सम्पन्न भएको विश्वास गरिन्छ। त्यसैले प्रत्येक वर्ष यस त... पुरा पढ्नुहोस...

एकादशीको व्रत थाल्ने दिन : उत्पत्तिका एकादशी_img
No Comments , बुधबार, कात्तिक २९, २०७४ , by Krishna Pd. Koirala

मंसिर महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ। पद्मपुराणमा उत्पत्तिका एकादशीको महात्म्यको चर्चा गरिएको छ । एउटा प्रसङ्गमा पाण्डुपुत्र धर्मराज युधिष्ठिरले एकादशी तिथिको उत्पत्ति र महत्त्वका बारेमा केही बताउन अनुरोध गरेपछि भगवान् श्रीकृष्णले यस व्रतको व्रतकथा र महत्त्वका बारेमा बत... पुरा पढ्नुहोस...